भदौ २५
काठमाडौं ः नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यू जारी गरेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयले आज सूचना जारी गर्दै देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज साँझ ५ बजे सम्म देशभर निरन्तर रहने जानकारी दिएको हो। यस्तै सेनाले भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने बताएको छ। सेनाले अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासमा सहकार्यका लागि सबैसँग अपिल गरेको छ।
२५ भदौ २०८२, बुधबार १०:५७ मा प्रकाशित