काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय सच्याउनुपर्ने बताएका छन् । सर्वपक्षीय विमर्श नगरी सञ्जालहरू बन्द गर्न खोज्नु राज्यको निरंकुश प्रवृत्ति भएको टिप्पणी गरेका छन् । सार्वजनिक सञ्जालजस्तो आम नागरिकसँग सरोकार राख्ने विषयमा सर्वपक्षीय विमर्श नगरी प्रतिबन्ध लगाउन खोज्नु राज्यको निरंकुश प्रवृत्ति भएको विप्लवको भनाइ छ । उनले सरकारले यस्तो कदम सच्याउन आवश्यक भएको बताए । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले हिजो मन्त्रीस्तरीय निर्णय गर्दै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा सामाजिक सञ्जालमा रोक लगाउन निर्देशन दिएको थियो ।
२० भदौ २०८२, शुक्रबार ०९:०३ मा प्रकाशित