सङ्खुवासभा २८ पुष
सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगितामा मकालु फाइनल प्रवेश गरेको छ । खाँदबारी रंगशालामा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगितामा मकालु फाइनल प्रवेश गरेको हो ।
आज भएको खेलमा चुलाचुली स्पोटिङ क्लव झापालाई हराउँदै मकालु फेन्डस क्लव प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । चुलाचुली स्पोटिङ क्लवलाई २ –० गोल अन्तरले हराउँदै मकालु फेन्डस क्लव प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । पहिलो हाफमा दुबै टिम गोल रहित बराबर खेलका थिए । जिवन मास्के मगरले दोस्रो हाफको ९ आंैं मिनेटमा पहिलो गोल गर्दै मकालुलाई अग्रता दिलाएका थिए । त्यस्तैगरी सागर कटुवालले दोस्रो हाफको १५ औं मिनेटमा गोल गर्दै मकालु फेन्डस क्लवलाई विजयी बनाएका थिए । भोलि मङ्गलबार सेकाहा फुटबल क्लव र सित्तलपाटी फुटबल क्लव बीच प्रतिस्पर्दा हुनेछ ।
माघे सक्रान्ति मेलाको अवसरमा खेलकुद संस्कृति र पर्यटन,समृद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ सुरु भएको तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल पुरुष फुटबल प्रतियोगिता माघ १ गते समापन हुनेछ । प्रतियोगितामा विभागीय टिम ससस्त्र प्रहरी कोशी प्रदेश पकली, बेलका युथ क्लव उदयपुर,चुलाचुली स्पोटिङ क्लव दमक सहित कोशी प्रदेशका ८ टिमको सहभागिता जनाएको तीनपोखरी समाज विकास क्लवका अध्यक्ष मिनेश चापागाईले बताए । प्रतियोगिताको विजयी टिमलाई नगद २ लाख ५१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पत्र, उपविजेतालाई नगद १ लाख २१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पाउने छन् । प्रतियोगितामा विभिन्न विधामा समेत ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा खेलाडीको ४० हजार रुपैयाँको विमा समेत गरिएको आयोजकले जनाएको छ ।