संखुवासभा, माघ २३
दुर सञ्चार प्राधिकरण शाखा कार्यालय संखुवासभाले २२ औ स्थापना दिवस मनाएकाे छ । नेपाल टेलिकमकाे २२ औ स्थापना दिवसकाे अवसरमा मनकामना वृद्ध आश्रममा दिवा खाजा वितरण गरिएको छ । बिहीबार नेपाल टेलिकमकाे २२ औ स्थापना दिवसकाे अवसरमा मनकामना वृद्ध आश्रमका वृद्ध वृद्धालाई दिवा खाजा वितरण गरिएको दुर सञ्चार प्राधिकरण शाखा कार्यालयका प्रमुख प्रेम कुमार राईले बताउनुभयाे । नेपाल टेलिकमले आफ्नो स्थापना दिवसकाे अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
२४ माघ २०८२, शुक्रबार ०७:०८ मा प्रकाशित