भदौ २२ काठमाडौँ
काठमाडौँ महानगरपालिकाका नगरप्रमुख (मेयर) बालेन शाहले भोलि (सोमबार) हुन लागेको जेन जी आन्दोलन’मा समर्थन जनाएका छन् । नवीन पुस्ता अर्थात् जेन जीले दलीय भ्रष्टाचार र अव्यवस्थाविरुद्ध भोलि संसद् भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलन थाल्दैछ । विद्युतीय सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै काठमाडौँका मेयर बालेनले भोलिको प्रदर्शनमा आफ्नो भरपूर समर्थन गरेको उल्लेख गरेका छन् । जेन जी पुस्ताले स्वःस्फूर्त रूपमा र्याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन् ।भोलिको र्याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ,,मेरो भरपुर समर्थन छ ।