संखुवासभामा एक बर्षमा ३७ वटा मानव अधिकार उलङ्घनका घटना

barunnews.com


संखुवासभा, मंसिर २४

संखुवासभामा एक बर्षको अवधीमा ३७ वटा मानवअधिकार उलङ्घनका घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा एक वर्षको अवधिमा  राज्य पक्षबाट एउटा र अन्य पक्षबाट ३६ वटा मानवअधिकार उलङ्घनका घटना भएको उल्लेख गरेको छ । ३ बर्षे बालिका बलात्कृत हुनु गम्भीर मानवअधिकार उल्लघंनका घटना भएको इन्सेकको ठहर छ ।

 आज सदरमुकाम खाँदबारीमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ३७ वटा घटनामा ३७ जना पीडित भएको इन्सेक प्रतिनिधि भविन कार्कीले बताउनुभयो । अघिल्ला वर्षहरुमा झै संखुवासभामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ । संखुवासभामा अमानविय ब्यवहार एक,हत्या एक, बाल अधिकार विरुद्ध १८ वटा,महिला अधिकार विरुद्ध १५ वटा मानवअधिकार उलङ्घनका घटना भएको इन्सेकले उल्लेख गरेको छ । पछिल्लो समय ३ बर्षे बालिका देखि  शारिरिक अपाङ्गता भएका महिला बलात्कृत हुनु तथा  मानव अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले समुदाय स्तरमा सचेता परार्मश र हिंसा भइसकेपछि कानुनी उपचार पुनस्र्थापना जरुरी भएको बताउनुभयो  । मानव अधिकार उलङ्घनका घटना कमी ल्याउन स्थानीय सरकार सरोकारवाला निकाय सबैको उल्लेखनीय भूमिका महत्वपूर्ण रहने समन्वय प्रमुख शाक्यको भनाइ छ ।  त्यस्तैगरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीका अनुसार हत्या,हिंसा बलातकार जस्ता ७० प्रतिशत घटना आफन्त,छिमेकी र चिनजानकै ब्यक्तिबा हुने गरेको बताउनुभयो । 

लैङ्गिक हिंसा विरुद्धको १६ अभियानको समापन गरिएको छ ।  जिल्लाका १० स्थानीय तह मध्ये सबैभन्दा धेरै लैङ्गिक हिंसाका घटनाहरु खाँदबारी, चैनपुर नगरपालिका र सभापोखरी गाउँपालिकामा हुने गरेको देखीएको छ  । संखुवासभा पछिल्लो समय १८ बर्ष मुनिका बालबालिका सबै भन्दा पीडित भएको पाइएको छ । लैङ्गिक हिंसाका घटनाका पीडितहरु मध्ये ८५ प्रतिशत परिचित व्यक्तिहरुबाटै हिंसामा पर्ने गरेको पाइएको छ । जिल्ला समन्वय समितीको आयोजनामा आज सदरमुकाम खाँदबारीमा स्थानीय तह,सरोकारवाल  निकाय विभिन्न संघ संस्था सहित आज लैङ्गिक हिंसा विरुद्धको १६ अभियानको समापन गरिएको छ । कार्यक्रममा पाँचखपन नगरपालिका न्यायिक समितिका संयोजक सुमुना श्रेष्ठ, सभापोखरी गाउँपालिका न्यायिक समिति संयोजक लक्ष्मी चापागाईँ, मकालु गाउँपालिका न्यायिक समिति संयोजक मनकला राई र सिलिचोङ गाउँपालिका न्यायिक समिति संयोजक देविता कुलुङ लगायत विभिन्न सरोकारवाला निकायका प्रमुख प्रतिनिधि पत्रकारको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया