खाँदबारीमा वित्तीय साक्षरता कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सम्पन्न

barunnews.com


संखुवासभा, चैत ७

संखुवासभाको सदरमुकाम खाँदबारीमा शनिबार निजी तथा सरकारी बैंक तथा वित्तीय संस्थाहरूको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सम्पन्न भएको छ। सर्वसाधारणलाई बचत, लगानी, ऋणको सही प्रयोग, डिजिटल बैंकिङ तथा वित्तीय सुरक्षाबारे जानकारी गराउन वित्तीय साक्षरता कार्यक्रम तथा जनचेतनामूलक र्‍याली गरिएको बताएका छन्। खाँदबारी बजार क्षेत्रमा जनचेतनामूलक र्‍याली समेत निकालिएको थियो। र्‍यालीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, कर्मचारी, तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले “बचत गरौं, भविष्य सुरक्षित बनाऔं”, “डिजिटल बैंकिङ प्रयोग गरौं” जस्ता सन्देश बोकेका प्लेकार्ड प्रदर्शन गरेका थिए।कार्यक्रमले स्थानीय स्तरमा वित्तीय पहुँच विस्तार र सचेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया