सङ्खुवासभा १७ चैत सङ्खुवासभाको चैनपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका–७ का १९ बर्षीय युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धन बहादुर राजवंधीले जानकारी दिनुभयो । पीडित पक्षको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले आइतबार युवकलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका युवकलाई मङ्गलबार सार्वजनिक गरेको छ । घटनाका आरोपित युवक माथि ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार पीडित बालिकाको परिवार माथि मुद्दा फिर्ता लिन धम्की दिन गरेको बताएका छन् ।
१७ चैत २०८२, मङ्गलबार ०१:५६ मा प्रकाशित