संखुवासभा पुष ३
संखुवासभा सदरमुकाम खाँदबारीमा युनाइटेड वल्र्ड स्कूल (युडब्लुएस) संखुवासभा र स्थानीय तहका तथा सरोकारवाला बीच अन्तरक्रिया गरिएको छ । समावेशी शिक्षा प्रदान गर्न स्थानीय सरकार, समुदाय र संस्थाहरूसँग सहकार्य गर्न जिल्लाका स्थानीय तह तथा विद्यालयका सरोकारवाला निकाय बीच अन्तरक्रिया गरेको छ । सुरक्षित, पहुँचयोग्य र बालमैत्री विद्यालय पूर्वाधार निर्माण गर्न लागि युडब्लुएस संखुवासभाले स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको हो । गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा युडब्लुएस नेपाल र स्थानीय तहको भूमिकाबारे अन्तरक्रिया गरेको जनाएको छ ।
आधुनिक प्रविधिसहित अध्ययन तथा सिकाइ विधिको माध्यमबाट ग्रामिण तथा सिमान्तकृत समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि संखुवासभाका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकाय सँग अन्तरक्रिया गरिएको युडब्लुएस नेपालका शिक्षा संयोजक विक्रम भट्टराईले बताए । २०७२ सालमा स्थापना भएको संस्थाले हाल संखुवासभा, भोजपुर, ताप्लेजुङ, तनहु र गुल्मी जिल्लामा काम गर्दै आइरहेको छ । साथै यसै वर्ष बाट हुम्ला जिल्लामा समेत कार्यक्रम बिस्तार गर्ने लक्ष राखेको छ । २०३० सम्ममा ३ सय ५० विद्यालयमा काम निर्माण गर्न, २५ हजार ५ सय २६ बालबालिका विद्यालयमा भर्ना तथा २०३० सम्ममा एक लाख बालबालिकामा काम गर्ने लक्ष राखेको संयोजक भट्टराईले बताए । युडब्लुएस नेपालले आगामी दिनमा शिक्षामा सबै स्वरूपका विभेदको अन्त्य गर्ने,समावेशी तथा सुरक्षित विद्यालय निर्माण तथा स्तरोन्नति गर्ने उद्देश्यका साथ का गरिहेको शिक्षा शाखाका प्रमुख भट्टराईले बताए । कायक्रममा गुणस्तरीय शिक्षा प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यसहित युडब्लुएस नेपालले आफ्नो परियोजना (कार्यक्रम) सञ्चालन गरी भौतिक पूर्वाधार लगायतमा लगानी गर्नेबारे जानकारी गराइएको थियोे । परियोजनाअन्तर्गत भवन निर्माण गर्दा आधारभूत तहको कक्षा १–५ सम्मको विद्यालयमा आठ कोठे र १–८ कक्षा सञ्चालित विद्यालयमा ११ कोठे भवन निर्माण गर्ने गरेको छ । प्रविधिसहितको सिकाइ, खेलकुद सामग्री, दक्ष शिक्षकका लागि तालिम र बिद्यार्थी सहयोग कार्यक्रमसहितका गतिविधि पनि संस्थाले गर्ने गरेको युडब्लुएस नेपालले जनाएको छ । कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख प्रनिधि,प्रमुख प्रशासकिय अधिकृत,शिक्षा शाखा प्रमुख विभिन्न विदालयका प्रधानाध्यापक लगायत सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।