संखुवासभामा पुनःथपियो कफ्र्यु,

barunnews.com

भविन कार्की, संखुवासभा २६ भदौ 

संखुवासभामा जिल्ला प्रशासन कार्यालयलले कफ्र्यु  पुन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले  बिहीबार साँझ ६ देखि शुक्रबार बिहान ६ बजे सम्म अर्को आदेश नभएसम्मका लागि कफ्र्यु  आदेश गरेको छ ।  

 जिल्ला प्रशासन कार्यालय संखुवासभाले भदौ २६ गते साँझ भदौ २७ गते बिहीबार ६ बजेसम्मका लागि कफ्र्यु  आदेश जारी गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । जिल्लामा निशेधाज्ञा हटाएन पुन कफ्र्यु जारी गरिएको हो ।   स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम   कफ्र्यु  जारी गरिएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो । जल्लामा कफ्र्यू जारी भएको समयमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ । देशको परिस्थिती र जिल्लाको जिल्लाको सुरक्षा अवस्थालाई विश्लेषण गर्दै भदौ २७ गते  शक्रुबार बिहान ६ बजेसम्म  कफ्र्यु जारी गरिएको प्रजिअ थपलियाले बताउनुभयो ।  

कफ्र्यु आदेश जारी भएको अवधीमा निषेधित काम गरेमा सुरक्षाको निम्ति खटिएको सुरक्षाकर्मीले नियन्त्रण लिएर कानुन बमोजिम कारवाही गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । विभिन्न ठाउँमा विकसित भइरहेको जेनजीको प्रदर्शन क्रमशः सामान्यीकरण हुँदै गएको भए पनि व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति क्षति पु¥याउने अराजक गतिविधि हुन सक्ने भएका कारण यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले यो आदेशको पालना नगर्ने वा अवरोध पु¥याउने जोकोहीलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गर्ने जानकारी दिएको छ । कफ्र्यु आदेश अवधीभर अत्यावश्यक सेवाका सवारी साधनहरु (खाद्यान्न,इन्धन बोकेका सवारी) साधन एम्बुलेन्स, दमकल, शव वाहन र स्वास्थकर्मी र औषधी  बोकेका सवारी,तरकारी,दुग्धजन्य बोकेका र मानवअधिकार आयोग तथा कुटनीतिक नियोगका सवारीलाई सुरक्षाकर्मीले सहजीकरण गरिने बताइएको छ । त्यस्तैगरी  सुरक्षाको कमाण्ड पाएसँगै अहिले नेपाली सेना सशस्त्र प्रहरीको संयुक्त गस्ती समेत सुरु गरिएको छ ।    सम्भावित घटना हुन नदिन सुरक्षा सर्तकता अपनाउँदै जिल्ला कारागार सहित महत्वपूर्ण सरकारी कार्यालयमा प्रहरी सँगै नेपाली सेना खटिएको छ ।  

प्रतिक्रिया