चासुवा गोधुली कप फुटबल प्रतियोगिता मंसिर १८ गते देखि हुने

barunnews.com


 संखुवासभा मंसिर १७

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–२ स्थित तामाफोकमा १९ औं चासुवा गोधुली कप कप फुटबल प्रतियोगिता मंसिर १८ गते देखि हुने भएको छ । मिरेमिरे यूवा क्लव तामाफोकको आयोजनामा धर्मदेवी –२  तामाफोक स्थित तुमोक खेल मैदानमा १९ औं चासुवा गोधुली कप कप फुटबल प्रतियोगिता  सञ्चालन हुने भएको छ । किरातीहरुको पर्व धान्यपर्व उधौलीको अवसरमा मंसिर १८ गते देखि १९ औं चासुवा गोधुली कप कप फुटबल प्रतियोगिता तथा चासुवा गोधुली साँझ   हुने भएको हो ।  

तमाफोकलाई खेलकुदको माध्यमबाट राष्ट्रिय स्तरमा चिनाउन तथा कला र संस्कृतिको जर्गना गरौ, राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ   १९ औं चासुवा गोधुली कप कप फुटबल प्रतियोगिता  सञ्चालन हुने मिरेमिरे यूवा क्लवका प्रेम जिमीले बताए ।  आगामी मंसिर १८ गतेदेखि २२ गते सम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा सङ्खुवासभा, धनकुटा, तेह्रथुमका जिल्लामा विभिन्न ८  क्लबको सहभागिता रहने मिरेमिरे यूवा क्लवका जिमीले बताए । विजयी टिमलाई नगद १ लाख ५० हजार रुपैयाँ, ट्रफि, मेडल, प्रमाण पत्र प्रदान गरिने छ । भने उपविजेतालाई नगद ७५ हजार  रुपैयाँ कप मेडल प्रदान गरिने छ ।  प्रतियोगिताको समापन हुने मंसिर २२ गते चासुवा गोधुली साँझ हुने भएको छ ।  चासुवा गोधुली साँझमा परेश राई र प्रभा राईको प्रस्तुती रहने आयोजकले जनाएको छ ।


प्रतिक्रिया