संखुवासभाको चिचिलामा एक घरमा आगलागी हुँदा लाखौँ क्षति

barunnews.com


 

 सङ्खुवासभा १३ माघ 

सङ्खुवासभाको चिचिला गाउँपालिका– ३ तिनघरे डाडाँमा आगलागी हुँदा एक घर जलेन नष्ट भएको छ । आज बिहान खाना पकाउने चुलोबाट सल्किएको आगोले जलेर चिचिला– ३ तिनघरे डाडाँका समिर राईको  घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताउनुभयो । 

आगलागीमा परेर स्थानीय राईको ढुङ्गा माटोले बनेको दुई तले घर जलेर पूर्ण रूपमा नष्ट हुँदा ४ लाख ४५ हजार रुपैयाँ बढीको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । आगलागीबाट नगद ५० हजार रुपैयाँ घरभित्र रहेको अन्नपात, लत्ताकपडा र महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको जनाएको छ । आगो स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया