सङ्खुवासभाको चन्दपुरमा मृत अवस्थामा एक पुरुषको शव फेला

barunnews.com

१० बैशाख ः सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० चन्दपुरमा मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ ।  बिहीबार बिहान ८ बजे खाँदबारी–१० चन्दपुरमा ४५ बर्षीय भेषराज पोख्रेल मृत्यु अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताउनुभयो । प्रहरी निरीक्षक धिरज राईको  कमान्डमा टोली खटाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।  मृतक पोख्रेल बिहीबार बिहानै घरबाट खेतमा गएका थिए । उनी घर नजिकै रहेको खेतमा स्थानीय मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्रटमका लागि जिल्ला अस्पताल खाँदबारस् ल्याउन तयारी भइहरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 


प्रतिक्रिया