गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिताको उपाधी षडानन्द भोजपुरले जित्यो

barunnews.com

 बैशाख १० ः संखुवासभाको सिलिचोङ गाउँपालिका —३ स्थित ताम्कूमा जारी अन्तरपालिका  पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।  खेलकुदमार्फत स्थानीय स्तरमा लुकेरमा रहेका प्रतिभाहरू उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । सिलिचोङ  —३ स्थित ताम्कूमा सम्पन्न अन्तरपालिका स्तरिय अध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधी भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ ।  आज भएको फाइनल खेलमा संखुवासभाको सभापोखरी गाउँपालिकालाई हराउँदै षडानन्द नगरपालिका भोजपुरले उपाधि जितेको हो । षडानन्दले एक सेटका विरुद्ध तीन सेटको अन्तर सभापोखरी गाउँपालिकालाई पराजित गरेको हो । सभापोखरी गाउँपालिकाले एक सेट जित्दै उपविजेतामा नै चित्त बुझायो । त्यस्तैगरी कनकाई नगरपालिका झापा तेस्रो र साल्पा सिलिछो गाउँपालिका भोजपुर सान्तवना भएको छ । प्रतियोगिताको विजेता षडानन्दले नगद रु. २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने उपविजेता सभापोखरीले नगद १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको सलीचोङ गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष खेवाहाङ मेवाहाङले जानकारी दिए ।   त्यस्तैगरी कनकाई नगरपालिकाले नगद ३५ हजार रुपैयाँ र  साल्पा सिलिछोले नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ । 

त्यसैगरि सर्वोकृष्ट खेलाडी, उत्कष्ट स्पाइकर, ब्लकर, सेटर र लिबेरो सर्वर र म्यान अफ दी म्याचलाई जनही पुरस्कृत गरिएको छ । शनिबार देखि सुरु भएको प्रतियोगितामा सङ्खुवासभा,  भोजपुर र झापा गरि ३ जिल्लाको ९ टिमले सहभागिता जनाएका थिए ।   अध्यक्ष कप भलिवल प्रतियोगिताको समापनमा बोल्नु हुँदै सिलीचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले  यस्ता प्रतियोगिताले विभिन्न पालिकाबीच आपसी सम्बन्ध सुदृढ गर्ने र प्रतिभावान खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

 

प्रतिक्रिया